News Griha :: न्यूजगृह
सरकारी छाप दस्तखत किर्तेमा संलग्न ५ जना पक्राउ

मोरङ— सरकारी छाप दस्तखत किर्तेमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रतुवामाई नगरपालिका ४ का ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवट छन् ।

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा गत कात्तिक २ गतेदेखि फरार रहेका उनीहरूलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । उनीहरूलाई आइतबार मोरङ जिल्ला अदालतमा बुझाउने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १७:०२
Weather Update