News Griha :: न्यूजगृह
२६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं— प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गर्दै २ हवलदार, ४ प्रहरी सहायक हवलदार र २० प्रहरी जवान एक महिनाभन्दा  बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ ।  

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०७:५०
Weather Update