News Griha :: न्यूजगृह
दुर्गा प्रसाईँको महाअभियान शिथिल भएको हो ? 

काठमाडौं— राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन शिथिल बन्न पुगेको छ ।

बिहीबार काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका अभियानका संयोजक दुर्गा प्रसाईँले आन्दोलन निरन्तर हुने भनेपनि जनताको साथ नदेखिएको हो । 

प्रसाईँको अराजक अभिव्यक्तिपछि शुक्रबार प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको थियो भने शुक्रबार पनि जिल्लाहरुबाट ल्याइएका लघुवित्त पीडितहरूको मात्रै सहभागितामा कार्यक्रम गरिएको थियो । 

आइतबार भने भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम नै स्थगित गरिएको छ । अभियानको शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ । त्यसको सट्टामा आइतबार सांस्कृतिक कार्यक्रम हुनेछ ।

जसअनुसार बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजी मल र रत्नपार्कमा कार्यक्रम हुनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १०:५०
Weather Update