News Griha :: न्यूजगृह
आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं — पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा शुक्रबार वर्षा र हिमपातको सम्भावना छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।

विभागले दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । 
पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही  स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०६:१५
Weather Update