बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडपबिहीबार, मंसिर ७, २०८०

धनकुटामा एकै परिवारका ३ जना मृत फेला, आत्महत्याको आशंका बिहीबार, मंसिर ७, २०८० धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका— १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भीमा र उनीहरूको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत...

ट्राफिक प्रहरीको अनुरोध : अत्यावश्यक काम भए मात्र सवारीसाधन लिएर निस्कनु बिहीबार, मंसिर ७, २०८० काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । आज काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले र्याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने कार्यालयको भनाई छ ।

युवा संघ र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानको प्रदर्शन आज बिहीबार, मंसिर ७, २०८० काठमाडौंमा बिहीबार दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन् ।नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँ नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।

आज हरि बोधिनी एकादशी, तुलसीको विशेष पूजा गरेर मनाइँदै बिहीबार, मंसिर ७, २०८० आज हरिबोधिनी एकादशी मनाइँदैछ। यसलाई ठूलो एकादशी पनि भनिन्छ। आज तुलसीको विशेष पूजा गरिन्छ।प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइन्छ। हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल...

मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प बिहीबार, मंसिर ७, २०८० आज बिहान १:१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

एपीवन टेलिभिजनले रोक्यो दुर्गा प्रसाईँको अन्तर्वार्ता बुधबार, मंसिर ६, २०८० भुषण दाहालले एपीवन एचडी टेलिभिजनमार्फत 'ब्राबो डेल्टा सो' नामक टेलिभिजन अन्तर्वार्ता सञ्चालन गर्दै आएका थिए । कार्यक्रमको पछिल्लो शृङ्खलालाई व्यवस्थापनले प्रसारणमा रोक लगाएको हो ।

भोलिको शक्ति प्रदर्शनलाई मानव अधिकार आयोगले निगरानी र अनुगमन गर्ने बुधबार, मंसिर ६, २०८० काठमाडौंका दुई स्थानमा राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको समूहले विभिन्न माग राखी गर्न लागेको शक्ति प्रदर्शन हिंसात्मक हुन सक्ने देखिएको भन्दै त्यसप्रति आयोग सतर्क र सजग रहेको अध्यक्ष मगरले बताए ।

भोलि अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध बुधबार, मंसिर ६, २०८० बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना प्रकाशित गर्दै सडकको अवस्था बुझेर मात्र सवारीसाधन लिएर निस्कन अनुरोध गरेको हो ।

‘केपी ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्छ’ बुधबार, मंसिर ६, २०८० बिहीबार काठमाडौंमा हुने कार्यक्रममा भाग लिन बुधबार काठमाडौं आएका उनले भक्तपुरमा पत्रकार सम्मेलन गरी आन्दोलन सफल नभएसम्म घर नफर्किने बताए । त्यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको उनको जिकिर छ ।

चितवनमा बोराभित्र महिला र पुरुषको शव भेटियो बुधबार, मंसिर ६, २०८० मृतकको सनाखत नभएको र उमेर अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।

वन उपभोक्ता समितिको रकम हिनामिना गर्ने अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, मंसिर ६, २०८० वन उपभोक्ता समितिको ९ लाख १३ हजार २८० रुपैयाँ रकम हिनामिना गरेको आरोपमा अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगीता चौलागाइँ र कोषाध्यक्ष माधवप्रसाद चौलागाइँविरुद्ध आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

होटलमा अचेत भेटिएकी महिलाको मृत्यु, घटना शंकास्पद बुधबार, मंसिर ६, २०८० पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेको अचेत अवस्थामा फेला परेकी थिइन् ।









