News Griha :: न्यूजगृह
सर्वसाधारणलाई प्रयोग गरेर केरुङ नाकाबाट सुन तस्करी
सर्वसाधारणलाई प्रयोग गरेर केरुङ नाकाबाट सुन तस्करी विगत तीन महिनामा रसुवागढी नाकाबाट सुन तस्करीमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय रसुवाबाट जानकारी मिलेको छ  । मंगलबार मात्र पैदलयात्रीले सुन ओसारेको जानकारी पाएपछि तीन व्यक्तिलाई पक्राउ गरिएको छ। केरुङबाट ल्याइएको १३ लाख ८८ हजार चार सय मूल्य पर्ने १२ तोला सुनका औँठीसहित रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी...
भीपपीएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ : प्रहरी
भीपपीएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ : प्रहरी सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भीपपीएन र डीएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।
बिना मिटरका सडक बत्ती हटाउन प्राधिकरणको निर्देशन
बिना मिटरका सडक बत्ती हटाउन प्राधिकरणको निर्देशन स्थानीय तहहरूले सडक बत्ती वापत विद्युत् उपभोग गरेको बक्यौता महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
निषेधित क्षेत्र घोषणविरुद्धको रिटमा आज सुनुवाइ 
निषेधित क्षेत्र घोषणविरुद्धको रिटमा आज सुनुवाइ  माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्चमा मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए ।
अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा ६ जना पक्राउ
अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा ६ जना पक्राउ उनीहरूले अनलाइन ग्यामबलीङ तथा अनलाइन क्यासिनो खेलमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको वाजी राख्न लगाई सट्टेबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ जना न्यायाधीशको सरुवा, को कहाँ? [हेर्नुहोस् सूची]
उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ जना न्यायाधीशको सरुवा, को कहाँ? [हेर्नुहोस् सूची] उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाको उच्च अदालत पाटनमा सरुवा गरिएको हो । त्यस्तै, उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारूलाई उच्च अदालत पोखरा बाग्लुङ इजलासमा सरुवा गरिएको छ । उच्च अदालत तुल्सीपुरका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत विराटनगर धनकुटा इजलासमा पुर्‍याइएको छ ।
यी तीन प्रदेशमा हिमपातको सम्भावना
यी तीन प्रदेशमा हिमपातको सम्भावना विभागका अनुसार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन प्रधानमन्त्री, ओली र देउवा सहमत
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन प्रधानमन्त्री, ओली र देउवा सहमत प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संघीय संसद्को आगामी अधिवेशनबाट पारित गर्ने सहमति भएको छ ।
सुधार देखिए पनि अर्थतन्त्र अझै दबाबमा छ : प्रधानमन्त्री प्रचण्ड
सुधार देखिए पनि अर्थतन्त्र अझै दबाबमा छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको अर्थतन्त्र अझै दबाबमा रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग अर्थतन्त्रका समस्या समाधान बारेको छलफलमा उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकको तथ्याङ्कले सुधारको अवस्थामा देखाए पनि नेपालको अर्थतन्त्र अझै दबाबमा रहेको बताएका हुन् ।
टिकटक प्रतिबन्ध : सर्वोच्चले दिएन अन्तरिम आदेश
टिकटक प्रतिबन्ध : सर्वोच्चले दिएन अन्तरिम आदेश गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वोच्च अदालतमा १० भन्दा बढी रिट परेको थियो ।
दुर्गा प्रसाईंविरूद्ध युवा संघले दियो प्रहरीमा उजुरी
दुर्गा प्रसाईंविरूद्ध युवा संघले दियो प्रहरीमा उजुरी गत कात्तिक २८ गते जनकपुरधामस्थित हिन्दु सम्राट सेनाले आयोजना गरेको कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै प्रसाईंविरूद्ध नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले उजुरी दिएको हो ।
ललितपुर प्रशासनले पनि तोक्यो निषेधित क्षेत्र 
ललितपुर प्रशासनले पनि तोक्यो निषेधित क्षेत्र  प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले मंगलबार आदेश जारी गर्दै पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोकेका हुन् ।  
Weather Update