News Griha :: न्यूजगृह
निषेधित क्षेत्र घोषणविरुद्धको रिटमा आज सुनुवाइ 

काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधित क्षेत्र घोषणविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुने भएको छ ।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्चमा मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए ।

व्यवसायी दुर्गा प्रसाईँ पक्ष र राष्ट्रिय युवा संघले मंसिर ७ गते एकै स्थानमा प्रदर्शन गर्न खोजेपछि सम्भावित दुर्घटना रोक्न भन्दै स्थानीय प्रशासनले सोमबार निषेधित क्षेत्र घोषणा गरेको थियो । 

प्रशासनले ३० दिनसम्म पद्मोदय मोडदेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन गर्न र जुलुस निकाल्न रोक लगाएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०६:५८
Weather Update