सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिसमंगलबार, मंसिर ५, २०८०

माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेकोमा सर्वोच्चमा रिट मंगलबार, मंसिर ५, २०८० अधिवक्ता स्वागत नेपालले बिनाहातहतियार शान्तिपूर्ण रूपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

कार र ट्रक ठोक्किँदा १ को मृत्यु, २ घाइते मंगलबार, मंसिर ५, २०८० पूर्वी नवलपरासीको डन्डामा भएको सवारी दुर्घटना १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका–१६ डन्डामा मंगलबार कार र ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

सप्तरी कारागारमा कैदीको मृत्यु मंगलबार, मंसिर ५, २०८० कर्तव्य ज्यान मुद्दामा २०७९ कार्तिक १६ गतेदेखि राजविराज कारागारमा कैद भुक्तान गरिरहेका राजविराज १५ का ६५ वर्षीय नन्दलाल मण्डलको मृत्यु भएको कारागार प्रमुख सदानन्द दासले जानकारी दिए । मंगलबार बिहान खाना खाएर शौचालय गएका उनी निस्केपछि लडेका थिए ।

सङ्क्रमणकालीन न्याय छिटो टुङ्गोमा पुर्याई पीडितलाई न्याय देऊः मानव अधिकार आयोग मंगलबार, मंसिर ५, २०८० नेपाल सरकार तथा तत्कालीन नेकपा माओवादीबीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । उक्त सम्झौतापछि नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व औपचारिक रुपमा अन्त्य भएको थियो । शान्ति सम्झौताको १७ वर्ष पूरा भएपनि पीडितले अझैसम्म न्याय पाउन नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ ।

उर्लाबारी आगलागी : उपचारको क्रममा एक जनाको मृत्यु मंगलबार, मंसिर ५, २०८० गत कार्तिक २६ गते लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी भएको आगलागीमा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्गा प्रसाईंको प्रदर्शन बल्खुमा मंगलबार, मंसिर ५, २०८० मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ ।

रसुवागढी नाकाबाट १२ तोला सुनसहित ३ जना पक्राउ मंगलबार, मंसिर ५, २०८० पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका–५ का २९ वर्षीय सुरेश तामाङ, ३७ वर्षीय निमा टासी तामाङ र गोसाइँकुण्ड गाउँपालिका– ३ का २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ छन् ।

भूकम्प : चिसोबाट जाजरकोटमा एक महिने शिशुको मृत्यु मंगलबार, मंसिर ५, २०८० भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरूताको चिसोले मृत्यु भएको हो । भेरी –२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

मध्यरातमा बारा प्रहरीले गोली चलायो मंगलबार, मंसिर ५, २०८० जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरीले सोमबार राति ८ राउन्ड गोली फायर गरेको हो । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार सोमबार राति करिब १० बजे पचरौता नगरपालिका–७ बेनौलीमा झण्डा मेला लगाउने विषयमा दुई पक्षबीच विवाद भएको थियो ।

मङ्सिर ७ भित्र भूकम्पको क्षतिको विवरण सङ्कलन गर्न पालिकालाई निर्देशन मंगलबार, मंसिर ५, २०८० जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मङ्सिर ७ भित्र पठाउन पालिकाहरुलाई निर्देशन दिएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह सहभागी थिए ।

यमनविरुद्धको खेल हेर्न आउने दर्शकलाई घर पुर्याउन एन्फाको निःशुल्क बस मंगलबार, मंसिर ५, २०८० फिफा विश्वकप एसिया छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा नेपाल आज यमनसँग भिड्दै छ। खेल बेलुका ७ बजेदेखि सुरु हुनेछ ।खेल सक्किएपछि दर्शकहरूलाई घर जान सहज होस् भन्नका लागि एन्फाले निःशुल्क बस उपलब्ध गराउन लागेको हो। त्यसका लागि १५ वटा बसको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

दाङमा एकै घरका दाजुभाइ मृत भेटिए मंगलबार, मंसिर ५, २०८० तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।









