कार र ट्रक ठोक्किँदा १ को मृत्यु, २ घाइते

नवलपुर— पूर्वी नवलपरासीको डन्डामा भएको सवारी दुर्घटना १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका–१६ डन्डामा मंगलबार कार र ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदबहादुर पौडेलका अनुसार लु २ ख ५८०५ नम्बरको ट्रकले लु ३ च १०२४ नम्बरको कारलाई ठक्कर दिँदा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका– ८ का ५९ वर्षीय हरिषचन्द्रमान श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारको क्रममा मध्यबिन्दु जिल्ला अस्पताल डन्डामा मृत्यु भएको हो । घाइते भएका सर्लाहीका २८ वर्षीय सरोजकुमार साह र २१ वर्षीय सरस्वती साहको अवस्था सामान्य छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८० १५:०३













