News Griha :: न्यूजगृह
रसुवागढी नाकाबाट १२ तोला सुनसहित ३ जना पक्राउ

काठमाडौं— रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका औँठीसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका–५ का २९ वर्षीय सुरेश तामाङ, ३७ वर्षीय निमा टासी तामाङ र गोसाइँकुण्ड गाउँपालिका– ३ का २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ छन् ।

चीनबाट नेपाल आइरहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार साँझ पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट एकएक थान बेरुवा औंठी बरामद भएको प्रहरीले जनाएको छ । औँठीको तौल १२ तोला रहेको र मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ११:०६
Weather Update