सप्तरी कारागारमा कैदीको मृत्यु

राजविराज — सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको मंगलबार मृत्यु भएको छ ।
कर्तव्य ज्यान मुद्दामा २०७९ कार्तिक १६ गतेदेखि राजविराज कारागारमा कैद भुक्तान गरिरहेका राजविराज १५ का ६५ वर्षीय नन्दलाल मण्डलको मृत्यु भएको कारागार प्रमुख सदानन्द दासले जानकारी दिए । मंगलबार बिहान खाना खाएर शौचालय गएका उनी निस्केपछि लडेका थिए ।
उनलाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पुर्याइएकोमा उपचारको क्रममा मण्डलको मृत्यु भएको कारागार प्रमुख दासले जानकारी दिए ।
मृत्यु भएका मण्डल विगतमा दमको रोगी रहेको कारागार प्रमुख दासले जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८० १४:३२













