News Griha :: न्यूजगृह
यमनविरुद्धको खेल हेर्न आउने दर्शकलाई घर पुर्‍याउन एन्फाको निःशुल्क बस

काठमाडौं— यमन विरुद्धको खेल हेर्न दशरथ रङ्गशाला आउने दर्शकलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले निः शुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

फिफा विश्वकप एसिया छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा नेपाल आज यमनसँग भिड्दै छ। खेल बेलुका ७ बजेदेखि सुरु हुनेछ ।खेल सक्किएपछि दर्शकहरूलाई घर जान सहज होस् भन्नका लागि एन्फाले निःशुल्क बस उपलब्ध गराउन लागेको हो। त्यसका लागि १५ वटा बसको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

ती बसहरू काठमाडौंका विभिन्न रुटमा चल्नेछन् । एन्फाले उपलब्ध गराउने बसमा चढेर घर जान दर्शकहरूले टिकट देखाउनुपर्नेछ ।

आज हुने खेलको टिकट सामान्य ४ सय र भीआइपीतर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको छ। टिकट आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म दशरथ रङ्गशालामा उपलब्ध हुनेछ ।

रुट

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०८:०७
Weather Update