उर्लाबारी आगलागी : उपचारको क्रममा एक जनाको मृत्यु

काठमाडौं— गत कार्तिक २६ गते लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी भएको आगलागीमा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
उर्लाबारी– ७ स्थित आफ्नै घरमा दीपक कार्कीले सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलमा आगलागी हुँदा घाइते भएका सोही स्थानका ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको हो ।
पण्डितको काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा मंगलबार बिहान २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । सोही अस्पतालमा गम्भीर अवस्थाका ८ जनाको आईसीयूमा उपचार भइरहेको जनाइएको छ ।
आगलागीमा ४ प्रहरी र २४ स्थानीय घाइते भएका थिए । प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखभन्दा धेरैको क्षति भएको छ । आगलागीका कारण भने अहिलेसम्म खुलेको छैन ।
यो पनि पढ्नुहोस
आगलागीमा परी मोरङमा ४ प्रहरीसहित २८ जना घाइते
उर्लाबारी आगलागी : १४ जनालाई उपचारका लागि सेनाको स्काइ ट्रकबाट काठमाडौं ल्याइयो
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८० १२:४०













