यी तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं— देशका केही भूभागमा बुधबार हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
विभागले कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८० ०६:१७













