News Griha :: न्यूजगृह
दुर्गा प्रसाईं समूहले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने
दुर्गा प्रसाईं समूहले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने प्रसाईंका अनुसार भोलि ११ बजेबाट तीनकुनेमा प्रदर्शन हुनेछ ।  ‘निरन्तर प्रदर्शन जारी रहन्छ, अब हामी तीनकुनेमा भोलि ११ बजे जम्मा हुन्छौं,’ उनले भने । तीनकुनेमा आज भने एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको थियो। प्रशासनले युवा संघका लागि सो क्षेत्रमा प्रदर्शन गर्ने अनुमति दिएको थियो ।  
प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यू टावर निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको भन्ने अभियोगमा आयोगले मुद्दा दायर गरेको हो...
दुर्गा प्रसाईंले भने – संघीयता हटाउने यो जनविद्रोह हो
दुर्गा प्रसाईंले भने – संघीयता हटाउने यो जनविद्रोह हो ‘हाम्रो युवाहरू बाहिर जाने अवस्था परिवर्तन गर्न आएको हो, मभित्र धेरै ठूलो पीडा छ, म दुर्गा मातालाई साक्षी राखेर तपाईँहरूको अगाडि मर्न आएको हो । म मर्न चाहन्छु्, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्‌न चाहन्छु,’ उनले भने, ‘यो आन्दोलन आन्दोलन होइन, यसलाई तपाईँले आन्दोलन नभन्नुस् यो जनताले गरेको जनविद्रोह हो...
बल्खुका आन्दोलनकारीलाई प्रहरीले तितरबितर बनायो
बल्खुका आन्दोलनकारीलाई प्रहरीले तितरबितर बनायो बल्खुमा रहेका आन्दोलनकारीलाई प्रहरीले तितरबितर बनाएको छ ।व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाऊ अभियान’ले आन्दोलन अराजक बन्न लागेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेर तितरबितर बनाएको हो ।
महेश बस्नेतले गरे प्रसाईंको प्रदर्शनलाई कटाक्ष, भने– हाम्रो कार्यक्रम बाघको जस्तो
महेश बस्नेतले गरे प्रसाईंको प्रदर्शनलाई कटाक्ष, भने– हाम्रो कार्यक्रम बाघको जस्तो नेकपा एमाले नेता महेश बस्नेतले दुर्गा प्रसाईँ समूहको प्रदर्शनलाई कटाक्ष गरेका छन् । उनले युवा संघको कार्यक्रम बाघको जस्तो र प्रसाईं समूहको कार्यक्रम कुकुरको जस्तो भएको बताएका छन् । बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित युवा संघको शक्ति प्रदर्शनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रसाईं समूहलाई ठिक ठाउँमा बस्न चेतावनी...
गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा : महेश बस्नेत 
गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा : महेश बस्नेत  तीनकुनेमा बिहीबार एमाले भ्रातृ संगठन युवा संघले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमाले भ्रातृ संगठन र दुर्गा प्रसाईं समूहले प्रदर्शनका लागि एकै दिन रोजेपछि स्थानीय प्रशासनको सक्रियतामा छुट्टाछुट्टै ठाउँ तोकिएको छ ।  बल्खुमा प्रसाईं समूहले प्रदर्शन गरिरहेको छ । बस्नेतले तीनकुनेको भेलामा सुरक्षाकर्मीले युवा सङ्घलाई सुरक्षा...
बल्खुमा तनाव, दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच फेरी झडप
बल्खुमा तनाव, दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच फेरी झडप दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।  सो क्रममा केही प्रदर्शनकारी घाइते भएको बताइएको छ । प्रहरी घेरा तोडेर प्रदर्शनकारीहरु कालीमाटीतर्फ लम्किन थालेपछि झडपको अवस्था बनेको हो ।  
बल्खुमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा [भिडिओ]
बल्खुमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा [भिडिओ] बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । 
फेरी बल्खु पुगे युवा संघ र अनेरास्ववियुका कार्यकर्ता, प्रहरी र प्रदर्शनकारीबीच भयो धकेलाधकेल
फेरी बल्खु पुगे युवा संघ र अनेरास्ववियुका कार्यकर्ता, प्रहरी र प्रदर्शनकारीबीच भयो धकेलाधकेल दुर्गा प्रसाईंको आह्वानमा बल्खु क्षेत्रमा बिहीबार दिउँसो भएको कार्यक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो । नेकपा एमालेको भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ र अनेरास्ववियुका केही कार्यकर्ता पनि बल्खु क्षेत्रमा पुगेका थिए ।
उर्लाबारीको आगलागी घटनामा परी मृत्यु हुने संख्या ३ पुग्यो
उर्लाबारीको आगलागी घटनामा परी मृत्यु हुने संख्या ३ पुग्यो मोरङको उर्लाबारी नगरपालिका– ७ बरगाछीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । गत कात्तिकमा लक्ष्मी पूजाको रात स्नेहा सुनचाँदी पसलमा भएको आगलागी नियन्त्रणका क्रममा सिलिन्डर विस्फोट हुँदा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको मृत्यु भएको हो ।
प्रदर्शन स्थलमा प्रहरीले चलायो जामर भेहिकल, मोबाइल नेटवर्कमा समस्या 
प्रदर्शन स्थलमा प्रहरीले चलायो जामर भेहिकल, मोबाइल नेटवर्कमा समस्या  त्यस्तै, तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ ।  जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।
दुर्गा प्रसाईंको र्‍यालीमा नारा– संघीयता खारेज गर, नारायणहिटी खाली गर 
दुर्गा प्रसाईंको र्‍यालीमा नारा– संघीयता खारेज गर, नारायणहिटी खाली गर  बिहीबार बल्खुमा हुने आमसभाअघि निस्किएका र्‍यालीमा गणतन्त्र र व्यवस्था विरोधी नारा लागेको हो ।  र्‍यालीमा सहभागीले ‘गणतन्त्र खारेज गर, नारायणहिटी खाली गर’जस्ता लारा लगाएका छन् ।  
Weather Update