News Griha :: न्यूजगृह
फेरी बल्खु पुगे युवा संघ र अनेरास्ववियुका कार्यकर्ता, प्रहरी र प्रदर्शनकारीबीच भयो धकेलाधकेल

काठमाडौं—  बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ ।

दुर्गा प्रसाईंको आह्वानमा बल्खु क्षेत्रमा बिहीबार दिउँसो भएको कार्यक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो । नेकपा एमालेको भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ र अनेरास्ववियुका केही कार्यकर्ता पनि बल्खु क्षेत्रमा पुगेका थिए ।

युवा संघ र अनेरास्ववियुका कार्यकर्ता तथा प्रसाईंको कार्यक्रममा आएकाहरूबीच झडप हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाएको थियो । त्यसबीचमा प्रदर्शनकारीहरू प्रहरीसँग जाइलागेपछि धकेलाधकेल भएको हो  ।

दुई समूहबीच झडप हुन नदिन प्रहरीले युवा संघ तथा अनेरास्ववियु कार्यकर्तालाई कुलेश्वरतर्फ पठाएको छ । प्रदर्शनकारीहरूले पानीका बोत्तलले प्रहरीलाई प्रहार गरेका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १३:५९
Weather Update