News Griha :: न्यूजगृह
दुर्गा प्रसाईंको र्‍यालीमा नारा– संघीयता खारेज गर, नारायणहिटी खाली गर 

काठमाडौं— दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाऊ अभियान’को र्‍यालीमा गणतन्त्र र संघीयताविरोधी चर्का नारा लागेको छ ।

बिहीबार बल्खुमा हुने आमसभाअघि निस्किएका र्‍यालीमा गणतन्त्र र व्यवस्था विरोधी नारा लागेको हो ।  र्‍यालीमा सहभागीले ‘गणतन्त्र खारेज गर, नारायणहिटी खाली गर’जस्ता लारा लगाएका छन् । 

उनीहरूले हिन्दु राष्ट्र कायम गर भन्नेजस्ता नारा पनि लगाएका छन् । काठमाडौंका विभिन्न स्थानबाट शुरु भएको र्‍याली बल्खु पुगेर सभामा परिणत हुनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:३७
Weather Update