News Griha :: न्यूजगृह
प्रदर्शन स्थलमा प्रहरीले चलायो जामर भेहिकल, मोबाइल नेटवर्कमा समस्या 
तीनकुनेमा तैनाथ सशस्त्र प्रहरी बल ।

काठमाडौं— बल्खु र तीनकुनेमा भइरहेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ ।

मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ । 

दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन स्थल बल्खुमा प्रहरीले १ थान जामर भेहिकल सञ्चालन गरेको छ ।

त्यस्तै, तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ ।  जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १३:२७
Weather Update