News Griha :: न्यूजगृह
दुर्गा प्रसाईं समूहले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने

काठमाडौं— दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले भोलि (शुक्रबार) बाट तीनकुनेमा प्रदर्शन गर्ने भएको छ । अभियानको पहिलो दिन बिहीबार बल्खुमा प्रदर्शन गरेको सो समूहले भोलिबाट तीनकुनेमा प्रदर्शन हुने बताएको हो । 

प्रसाईंका अनुसार भोलि ११ बजेबाट तीनकुनेमा प्रदर्शन हुनेछ ।  ‘निरन्तर प्रदर्शन जारी रहन्छ, अब हामी तीनकुनेमा भोलि ११ बजे जम्मा हुन्छौं,’ उनले भने ।

 तीनकुनेमा आज भने एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको थियो। प्रशासनले युवा संघका लागि सो क्षेत्रमा प्रदर्शन गर्ने अनुमति दिएको थियो । 

पहिलो दिन उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं नेतृत्वको अभियानले र्‍याली निकालेको थियो । उक्त र्‍याली बल्खुमा पुगेर कोणसभामा परिणत भयो । 

कोणसभा हुनुअघि प्रसाईंका समर्थकसँग युवा संघ र प्रहरीको घम्साघम्सी भएको थियो । स्थिति तनावपूर्ण भएपछि नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १८:२३
Weather Update