News Griha :: न्यूजगृह
बल्खुमा तनाव, दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच फेरी झडप

काठमाडौं— बल्खुमा पटकपटक दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।  सो क्रममा केही प्रदर्शनकारी घाइते भएको बताइएको छ ।

प्रहरी घेरा तोडेर प्रदर्शनकारीहरु कालीमाटीतर्फ लम्किन थालेपछि झडपको अवस्था बनेको हो ।  

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १५:१७
Weather Update