News Griha :: न्यूजगृह
बल्खुका आन्दोलनकारीलाई प्रहरीले तितरबितर बनायो

काठमाडौं—  बल्खुमा रहेका आन्दोलनकारीलाई प्रहरीले तितरबितर बनाएको छ ।

व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाऊ अभियान’ले आन्दोलन अराजक बन्न लागेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेर तितरबितर बनाएको हो ।

बिहीबार भएको आन्दोलनका कार्यक्रमलाई दुर्गा प्रसाईं, केही धर्म गुरु लगायतले सम्बोधन गरिसकेपछि उनका समर्थकहरू सिंहदरबार घेर्न जाने भन्दै कुलेश्वरतर्फ लागेका थिए ।  

त्यसपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । दिउँसो २ बजेपछि झडपको स्थिति देखिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १६:०५
Weather Update