News Griha :: न्यूजगृह
उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ जना न्यायाधीशको सरुवा, को कहाँ? [हेर्नुहोस् सूची]

काठमाडौं— न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ ।

उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाको उच्च अदालत पाटनमा सरुवा गरिएको हो । त्यस्तै, उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारूलाई उच्च अदालत पोखरा बाग्लुङ इजलासमा सरुवा गरिएको छ । उच्च अदालत तुल्सीपुरका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत विराटनगर धनकुटा इजलासमा पुर्‍याइएको छ ।

सरुवा हुने अन्य न्यायाधीशमा राजेश्वर तिवारी, दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, यमुना भट्टराई, शालिग्राम कोइराला, राजेन्द्र खरेल, सुदर्शनदेव भट्ट, गोकर्ण डाँगी, किरण पौडेल र डालकुमार खड्का छन् ।

त्यस्तै, उच्च अदालतका चार जना न्यायाधीशको काज सरुवा गरिएको छ । यसमा हरिप्रसाद भण्डारी, लेखनाथ पौडेल, वामदेव ज्ञवाली र अमृत बहादुर बस्नेत छन् । विशेष अदालतमा तोकिएका उच्च अदालत जनकपुरका न्यायाधीश बलभद्र बास्तोलालाई काज फिर्ता गरिएको छ । 

हेर्नुहोस् सूची

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०६:२५
Weather Update