चितवनमा बोराभित्र महिला र पुरुषको शव भेटियो

काठमाडौं— चितवनको भरतपुर महानगरपालिका– १२ मिलनचोकमा राजमार्ग निजकै दुईवटा शव भेटिएको छ ।
सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मृतकको सनाखत नभएको र उमेर अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८० १५:०९













