
काठमाडौं— अन्नपूर्ण मिडिया ग्रुपद्वारा सञ्चालित एपीवन एचडी टेलिभिजनले भुषण दाहालको कार्यक्रम प्रसारणमा रोक लगाएको छ ।
भुषण दाहालले एपीवन एचडी टेलिभिजनमार्फत 'ब्राबो डेल्टा सो' नामक टेलिभिजन अन्तर्वार्ता सञ्चालन गर्दै आएका थिए । कार्यक्रमको पछिल्लो शृङ्खलालाई व्यवस्थापनले प्रसारणमा रोक लगाएको हो ।
बुधबार पत्रकार दाहालले सामाजिक सञ्जाल एक्समार्फत व्यवस्थापन पक्षले कार्यक्रम हेर्दै नहेरी प्रसारणमा रोक लगाएको बताएका छन् ।
उनले भनेका छन्, 'वाह ! लोकतन्त्र । ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपीवन एचडीबाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरूलाई जानकारी गराउँछु ।'
व्यवस्थापनले दुर्गा प्रसाईँसँगको अन्तर्वार्ता प्रसारणमा रोक लगाएपछि उनले सोही अन्तर्वार्ता युट्युब च्यानल मार्फत प्रसारण गर्ने उद्घोष गरेका छन् ।
मङ्सिर ७ गते बिहीबार दुर्गा प्रसाईँले मानिसहरूलाई काठमाडौं उतार्दैछन् । प्रसाईँको विरोधमा एमाले निकट युवा सङ्गठनले पनि प्रदर्शनको घोषणा गरेको छ ।
वाह! लोकतंत्र
— bHUSANdAHAL?? (@DahalTbd) November 22, 2023
३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा संपूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।
आजको कार्यक्रम
Sajhakatha youtube channel @ 8pm#सुचनाकोहकpic.twitter.com/VGEPO3LD5r













