News Griha :: न्यूजगृह
बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप
तस्बिर : आर्यन धिमाल/अनलाइनखबर

काठमाडौं— बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ ।

कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ ।

अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।

बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आइरहेका छन् । आज दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गर्न लागेको हो । युवा संंघले पनि तीनकुनेमा प्रदर्शन गर्दैछ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:१८
Weather Update