News Griha :: न्यूजगृह
दुर्गा प्रसाईं समूहको प्रदर्शन आजपनि, बिहान ११ बजेपछि तीनकुनेमा जम्मा हुने

काठमाडौं— दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने भएको छ ।

अभियानको पहिलो दिन बिहीबार बल्खुमा प्रदर्शन गरेको सो समूहले आजबाट तीनकुनेमा प्रदर्शन हुने बताएको हो । प्रसाईंका अनुसार ११ बजेबाट तीनकुनेमा प्रदर्शन हुनेछ ।  ‘निरन्तर प्रदर्शन जारी रहन्छ, अब हामी तीनकुनेमा ११ बजे जम्मा हुन्छौं,’ उनले भने ।

तीनकुनेमा बिहीबार एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको थियो। प्रशासनले युवा संघका लागि सो क्षेत्रमा प्रदर्शन गर्ने अनुमति दिएको थियो । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०६:५५
Weather Update