News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— विभिन्न माग राखेर बिहीबारबाट काठमाडौं केन्द्रित प्रदर्शनको अगुवाइ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जनताका लागि आवाज उठाउँदा आफ्नै घरमा नजरबन्द हुनुपरेको बताएका छन् ।

शुक्रबार भक्तपुरको ठिमीस्थित आफ्नो घरमा पत्रकार सम्मेलन गर्दै उनले आफू गणतन्त्र विरोधी नभएर व्यवस्था र गलत आचरणको विरोधी रहेको भन्दै जनताको लागि आवाज उठाउँदा आफ्नै घरमा नजरबन्द हुनुपरेको गुनासो गरे । 

उनको घर वरिपरि ठूलो सङ्ख्यामा प्रहरी तैनाथ छन् । उनलाई बाहिर निस्कन दिइएको छैन । आफूलाई नजरबन्द गरेर सरकारले जनताको आवाज थुन्न खोजेको प्रसाईँले बताए ।

Prabhu Bank

nepal-police-bhaktapur-durga-prasain-ghar-1700814596.jpg

‘हामी गणतन्त्र विरोधी होइन । व्यवस्था, यिनीहरूको आचरण विरोधी हौं । मैले कसैको घरबार गरिबहरूको घर जग्गा लुटियो यस्तो नगरिदेउन भन्दा आज म हाउस अरेस्ट हुनुपर्‍यो,’ उनले भने, ‘मलाई पक्रिने हाम्रा नागरिक जोगाउन आएका साथीहरूलाई पक्रिने ? मलाई यसरी पक्राउ गर्छन् भने ठिक छ मलाई कुनै आपत्ति छैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई छोरो माने पनि आज जनताको पक्षमा बोल्दा पक्राउ गरिएको उनले बताए । 
उनले सैनिक हिरासतको कठोर यातना भोगेको स्मरण गर्दै जनताको पक्षमा आवाज उठाउँदा प्रहरीको यातना भोग्न पनि तयार रहेको जिकिर गरे । 

apf-nepal-1700814595.jpg

‘प्रधानमन्त्री प्रचण्डले हिजो मलाई छोरो भन्नुहुन्थ्यो उहाँलाई सहयोग गरुन्जेल,’ उनले भने, ‘आज मैले जनताको पक्षमा राम्रो काम गर्दा, उहाँहरुको विपक्षमा आवाज उठाउँदा मलाई एरेस्ट गरिन्छ भने हिजो उहाँलाई जङ्गलबाट निकाल्न सैनिक हिरासतको कठोर यातना भोगेको हुँ । पुलिसको यातना भोग्न पनि तयार छु ।’ आफूलाई पक्राउ गरेर आफ्नो अभियान नरोकिने दाबी उनले गरे । 

durga-prasain-ghar-1700814595.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:२४
Weather Update