News Griha :: न्यूजगृह
जुवाडे पछ्याउँदा कास्की प्रहरीले बरामद गर्‍यो गोली र हतियार
सांकेतिक तस्बिर ।

काठमाडौं— कौडा खेलिरहेको अवस्थामा पक्राउ परेकाको साथबाट कास्की प्रहरीले गोली र हतियारसमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा–२२ खाल्सेमबाट  ६ जना जुवाडेलाई पक्राउ गरेको थियो । जुवाडे पछ्याउँदै गएको प्रहरीले उनीहरूको साथबाट २४ राउन्ड गोली, एक नाले बन्दुक र १ थान म्यागजिन बरामद गरेको हो । 

कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार पक्राउ पर्नेमा भेषबहादुरसहित पोखरा– १० अमरसिंहचोक बस्ने बलराम श्रेष्ठ, पोखरा–९ पृथ्वीचोक बस्ने सुरेन्द्र शाह, पोखरा– १५ रामबजार बस्ने दिपेन्द्र सेन, पोखरा– २६ विजयपुर बस्ने खम्बसिंह राना र सोही वडाको बुढीबजार बस्ने सन्दीप भन्ने डोरबहादुर गुरुङ छन् ।

उनीहरूको साथबाट प्रहरीले ८२ हजार ९ सय ९० रुपैयाँसमेत बरामद गरेको छ । प्रहरीले भेषबहादुरको घरमा खानतलासी गर्ने क्रममै एक नाले बन्दुक, गोली फेला पारेको विकले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०५:५६
Weather Update