News Griha :: न्यूजगृह
दुर्गा प्रसाईंको समर्थनमा निस्किएका २६ जना तीनकुनेबाट पक्राउ

काठमाडौं— दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकालाई प्रहरीले धमाधम पक्राउ गरेको छ । 

प्रसाईँले प्रदर्शन स्थल घोषणा गरेको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर स्रोतले जानकारी दिएको छ । 
तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आवद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना छन् ।

पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, नवराज अधिकारी, तेज नारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उमेश आलेमगर, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरि थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यमकुमार मैनाली, हरिप्रसाद दाहाल, दिलबहादुर घिसिङ, धन शिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र साबित्रा क्षेत्री छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदर्शनमा सहभागी हुन तीनकुने आउन लागेका प्रसाईँलाई भक्तपुरस्थित घरमै अघोषित नजरबन्दमा राखेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:३०
Weather Update