News Griha :: न्यूजगृह
खाजाघरमा तास खेल्दै गरेका ७ जना पनौतीबाट पक्राउ
खाजाघरमा तास खेल्दै गरेका ७ जना पनौतीबाट पक्राउ जुवातास खेलेको आरोपमा प्रहरीले काभ्रेबाट सात जनालाई पक्राउ गरेको छ । पनौती बसपार्कमा मणिक श्रेष्ठले सञ्चालन गरेको खाजाघरबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२ करोड ३० लाख नगदसहित काठमाडौंबाट चार जना पक्राउ, हुन्डी कारोबारी भएको आशंका
२ करोड ३० लाख नगदसहित काठमाडौंबाट चार जना पक्राउ, हुन्डी कारोबारी भएको आशंका दुई करोड बढी रकमसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई गएराति काठमाडौंको क्षेत्रपाटीबाट राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने खुलाइएको छैन ।
दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना
दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना दुर्घटनामा बस चालक सहित १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल दार्चुलामा लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिंहले बताए । 
गायक तथा संगीतकार योगेश वैद्यको निधन
गायक तथा संगीतकार योगेश वैद्यको निधन बासु शशि स्मृति परिषदका सचिव प्रद्युम्न जोशीका अनुसार बिहीबार बेलुका योगेशलाई अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । योगेश बासु शशि स्मृति परिषद्का सल्लाहकार पनि हुन् । योगेश लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । गायक वैद्य ७७ वर्षका थिए ।
झापामा भेटिइन् दादुरा संक्रमित बालिका
झापामा भेटिइन् दादुरा संक्रमित बालिका बिर्तामोड नगरपालिका–३ की ५ वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो । लक्षण देखिएपछि उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको छ । उनको रगत परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
आज यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु
आज यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
ललितपुरका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने
ललितपुरका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण सूचना जारी गर्दै शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । 
रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर बस्ने कैलालीको लम्कीचुहा–६ का २८ वर्षीय सरोज थापा छन् । उनले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसियामा प्रतिष्ठित काम लगाइदिन्छु भनी सात लाख ३० हजार रुपैयाँ ठगी उजुरी परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
बिदा नबसेको भन्दै ५ प्रहरी जवानलाई सोधियो स्पष्टीकरण 
बिदा नबसेको भन्दै ५ प्रहरी जवानलाई सोधियो स्पष्टीकरण  जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काका अनुसार सुविधा अनुसार बिदा बस्दा काममा पनि प्रभावकारिता बढ्ने भएकाले बिदा बस्नलाई प्रोत्साहित गर्न खोजिएको हो ।
बाग्लुङमा दुर्गा प्रसाईंमाथि हातपात, एक जना पक्राउ [भिडिओसहित]
बाग्लुङमा दुर्गा प्रसाईंमाथि हातपात, एक जना पक्राउ [भिडिओसहित] बाग्लुङमा उनले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरू गरिरहेका छन् ।
मेयरलाई धम्की दिएको आरोपमा एक जना पक्राउ 
मेयरलाई धम्की दिएको आरोपमा एक जना पक्राउ  बाराको कलैया उपमहानगरपालिकाका मेयर विनोदप्रसाद साहलाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । मेयर साहलाई धम्की दिएको आरोपमा प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनका ३६ वर्षीय भोला गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
मोरङ र तेह्रथुममा सवारी दुर्घटना, ४ जनाको मृत्यु
मोरङ र तेह्रथुममा सवारी दुर्घटना, ४ जनाको मृत्यु कोशी प्रदेशका दुई जिल्लामा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ र तेह्रथुम जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको हो । 
Weather Update