News Griha :: न्यूजगृह
एसपी रमेश बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस
एसपी रमेश बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस  गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको छ।
जुम्लामा अर्गानिक कोसेली घरमा आगलागी
जुम्लामा अर्गानिक कोसेली घरमा आगलागी आगलागीबाट अर्गानिक कोसेली घर पूर्ण रूपमा जलेको छ । साथै सँगै जोडिएको चियापसल र उद्योग वाणिज्य संघ जुम्लाको भवनमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
'लिभिङ टुगेदर'मा रहेकी महिलाको हत्या, तीन महिनापछि भेटियो शव
'लिभिङ टुगेदर'मा रहेकी महिलाको हत्या, तीन महिनापछि भेटियो शव काठमाडौंको शोभा भगवतीस्थित एक घरमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ शोभा भगवतीमा दुई तले घरको एक कोठाभित्र गत शुक्रबार महिलाको शव फेला परेको हो ।
छानबिनमा परेका न्यायाधीश भट्टराईले दिए राजीनामा, व्यक्ति हत्याका आरोपितलाई सफाइ दिएको आरोप
छानबिनमा परेका न्यायाधीश भट्टराईले दिए राजीनामा, व्यक्ति हत्याका आरोपितलाई सफाइ दिएको आरोप जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् । न्यायपरिषद्बाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन् । 
भारतको गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति प्रमुख अतिथि
भारतको गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति प्रमुख अतिथि भारतको ७५ औं गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन् । जनवरी २६ का दिन दिल्लीमा हुने समारोहको तयारी भइरहेको छ । फ्रान्सका राष्ट्रपति प्रमुख अतिथिका रुपमा आउने भएपछि गणतन्त्र परेडका लागि भएको रिहर्सलमा फ्रान्सेली सेनाले पनि भाग लिएको छ । 
भारतबाट रूस जाँदै गरेको चार्टर जहाज अफगानिस्तानमा दुर्घटना 
भारतबाट रूस जाँदै गरेको चार्टर जहाज अफगानिस्तानमा दुर्घटना  त्यो जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ । रुसका अधिकारीहरुले आइतबार राति भारतबाट उडेको जहाज अफगानिस्तानको आकाशबाट राडारसँग सम्पर्कविच्छेद भएको थियो । अधिकारीहरूका अनुसार उक्त जहाज चार्टर गरिएको एअर एम्बुलेन्स हो । त्यसमा ६ जना थिए ।  
मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु
मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु पर्साको वीरगञ्जमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका सुमित यादव र बाराको सुवर्णपुरका सञ्चित यादव छन् ।
गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्ने दुईजना पक्राउ
गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्ने दुईजना पक्राउ धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम वडा नं. १९ का अशोक राउत र वडा नं. ७ का मियाज अलि छन् । उनीहरूलाई जनकपुरधाम १९ बेङ्गासिहपुरबाट नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
आधा केजी सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ
आधा केजी सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ त्रिभुवन विमानस्थलबाट करिब आधा केजी सुनसहित एक युवा पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बताए । 
श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या
श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसराको हत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आइतबार बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन्...
स्क्वायर होटलका सञ्चालक पक्राउ
स्क्वायर होटलका सञ्चालक पक्राउ जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक ललिता भण्डारीलाई शनिबार नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता एसपी नवराज कार्कीले होटल सञ्चालक भण्डारीलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।
Weather Update