News Griha :: न्यूजगृह
जुम्लामा अर्गानिक कोसेली घरमा आगलागी

जुम्ला— जुम्लाको चन्दननाथ नगरपालिका—५ स्थित खलंगा बजारमा अर्गानिक कोसेली घरमा आगलागी भएको छ । आइतबार बिहान १ बजे विद्युत् सर्ट भएर पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट अर्गानिक कोसेली घर पूर्ण रूपमा जलेको छ । साथै सँगै जोडिएको चियापसल र उद्योग वाणिज्य संघ जुम्लाको भवनमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कोसेली घरका सञ्चालक गोविन्द आचार्यले आगलागी भएको खबर साढे १ बजेतिर मात्रै आफूलाई थाहा भएको बताए । उद्योग वाणिज्य संघको हलसँगै टाँसिएको चन्दननाथ भैरवनाथ मन्दिरको जग्गामा एक कोठाको कच्ची भवनमा अर्गानिक कोसेली घर स्थापना गरिएको थियो । 

आगलागी बाट ३५ लाख बराबरको सामान नष्ट भएको आचार्यले बताए । आगो निभाउन नेपाली सेनाको नन्दबक्स गण, सशस्त्र प्रहरी, नेपाल प्रहरी र चन्दननाथ नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १८:००
Weather Update