News Griha :: न्यूजगृह
हत्या भएको अवस्थामा महिलाको शव फेला
हत्या भएको अवस्थामा महिलाको शव फेला झापाको अर्जुनधारामा एकजना महिलाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका– ६ महानन्द चोक भन्दा केही पश्चिममा हत्या भएको अवस्थामा ५० वर्षीया माया मगरको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ । 
रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु
रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवाको नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको जानकारी दिए ।
नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर पक्राउ नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनलाई तत्काल काम नगराउन अदालतको आदेश
पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनलाई तत्काल काम नगराउन अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो । आदेशमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने कोषको निर्णय तत्काल कार्यान्वयन नगर्न भनिएको छ । 
आज अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदै, विपक्षी दल सहभागी नहुने
आज अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदै, विपक्षी दल सहभागी नहुने आज (सोमबार) मध्यान्ह उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको परम्परागत संस्कृति अनुसार प्राणप्रतिष्ठा हुँदैछ। यो कार्यक्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्वमा सम्पन्न गरिँदैछ । भगवान रामको बाल्यावस्था स्वरूप राम लल्लाको मूर्तिको ‘प्राण प्रतिष्ठा’ मा देशका प्रमुख आध्यात्मिक तथा धार्मिक सम्प्रदायका प्रतिनिधि, विभिन्न जनजाति समुदायका प्रतिनिधिलगायत सबै क्षेत्रका मानिसको सहभागिता रहनेछ...
रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणका लागि ललितपुरले छुट्यायो बजेट
रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणका लागि ललितपुरले छुट्यायो बजेट ललितपुर महानगरपालिकाले बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो मन्दिर पुनर्निर्माणको बाँकी कामको नेतृत्व गर्दै महानगरपालिकाले यथाशीघ्र काम सम्पन्न गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । 
रुस नियन्त्रित युक्रेनी शहरमा बमबारी, २७ जनाको मृत्यु
रुस नियन्त्रित युक्रेनी शहरमा बमबारी, २७ जनाको मृत्यु रुसको नियन्त्रणमा रहेको युक्रेनी शहरमा भएको बम आक्रमणमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । डोनेट्स्क शहरको उपनगर टेकस्टिलहिकमा आइतबार बिहान हमला गरिएको जनाइएको छ ।
अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान फेला पर्‍यो, ४ जना सकुशल
अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान फेला पर्‍यो, ४ जना सकुशल डेसल्ट फाल्कन (डीएफ–१०) विमान अफगानिस्तानको बदाक्षन प्रान्तको कुफ–अब जिल्लामा दुर्घटना भएको थियो । एअर एम्बुलेन्सको रुपमा प्रयोग गरिएको उक्त विमान थाइल्याण्डबाट मस्को जाँदै थियो ।
बर्दियाबाट काठमाडौं आउँदै गरेको बस दाङको रिहार नजिक दुर्घटना, दुई जनाको मृत्यु
बर्दियाबाट काठमाडौं आउँदै गरेको बस दाङको रिहार नजिक दुर्घटना, दुई जनाको मृत्यु दाङको लमही नगरपालिका–९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको दाङका  प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।दुर्घटनमा बर्दियाको गेरुवा गाउँपालिकाका– १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको...
यो वर्षको एसईई चैत १५ देखि २७ गतेसम्म
यो वर्षको एसईई चैत १५ देखि २७ गतेसम्म आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो।  बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले बताए । चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताए । 
कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न आह्वान [सूचनासहित]
कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न आह्वान [सूचनासहित] राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । 
आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा हिमपातको सम्भावना
आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा हिमपातको सम्भावना सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले बताएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
Weather Update