नास्ता पसलमा जुवा खेलिरहेका ५ जना पक्राउ आइतबार, माघ ७, २०८०

चीनको एक विद्यालयमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु आइतबार, माघ ७, २०८० चीनको हेनान प्रान्तस्थित एक निजी विद्यालयमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ । समाचार संस्था सिन्ह्वाका अनुसार हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो । जसमा १३ जना छात्रछात्राको मृत्यु भएको हो ।

प्रधानमन्त्री स्वदेश फर्किदा त्रिभुवन विमानस्थल आधा घण्टा बन्द आइतबार, माघ ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान दोहाबाट काठमाडौं आउँदै गर्दा काठमाडौंस्थित विमानस्थलका उडान तथा अवतरण आधा घन्टाका लागि रोकिएको हो ।

काठमाडौंमा बिजुलीका तार भूमिगत गरिँदै, यी ठाउँमा हुनेछ विद्युत अवरोध आइतबार, माघ ७, २०८० नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम गर्दैछ । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन आइतबारदेखि भूमिगत गर्ने काम प्रारम्भ हुने प्राधिकरणले जनाएको छ । विद्युतीय लाइन भूमिगत गर्दा ती क्षेत्रमा विद्युत अवरोध हुने जनाइएको छ ।

यी प्रदेशमा हिमपात आइतबार, माघ ७, २०८० कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।

आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन : अर्थमन्त्री महत शनिबार, माघ ६, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अवस्थाले मात्र पत्रकारिता क्षेत्र समस्यामा नपरेको बताएका छन् । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई नुवाकोटमा शनिबार सम्बोधन गर्दै मन्त्री महतले सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेको बताए ।

हिजबुल्लाहले दियो इजरायललाई कडा चेतावनी शनिबार, माघ ६, २०८० इजरायल र हमासबीच चलिरहेको युद्धलाई लिएर हिजबुल्लाहले इजरायललाई कडा चेतावनी दिएको छ । लेबनानको इरान समर्थित आतङ्कवादी समूहका एक शीर्ष अधिकारीले युद्ध लेबनानको सीमासम्म फैलियो भने इजरायलले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् ।
काठमाडौंका यी स्थानमा एक साता लोडसेडिङ [तालिकासहित] शनिबार, माघ ६, २०८० महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । आइतबारदेखि शनिबारसम्म बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

तराईमा हुस्सु र कुहिरो, यी चार प्रदेशमा हिमपात शनिबार, माघ ६, २०८० देशका पहाडी भागमा अहिले आंशिक बदली छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

२९ जना सहसचिवको सरुवा, काठमाडौं महानगरमा परियार, बालेनले लखेटेका अधिकारी कहाँ? शुक्रबार, माघ ५, २०८० सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवहरूको सरुवा गरेको हो । मन्त्रिपरिषद्को निर्णयपछि ती सचिवहरूको सूची शुक्रबार सार्वजनिक गरिएको छ । मन्त्रालयले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ । यसअघि काठमाडौंमा वसन्त अधिकारी थिए ।

दुर्गा प्रसाईँलाई चप्पल हान्नेविरुद्ध प्रहरीमा जाहेरी शुक्रबार, माघ ५, २०८० नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाइँ कार्यक्रम भन्दै बागलुङ पुगेका प्रसाईँलाई बिहीबार चप्पल हान्ने व्यापारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ । प्रसाईँलाई चप्पल हान्ने बागलुङ बजारका जुत्ता व्यापारी ३८ वर्षीय रामकान्त गौतमविरुद्ध स्थानीय सुनिल श्रेष्ठले शुक्रबार जाहेरी दर्ता गराएका हुन् ।

हेटौंडा बजार क्षेत्रको सडक विस्तार चैतभित्र शुक्रबार, माघ ५, २०८० लामो समयबाट विवादित हेटौंडा बजार क्षेत्रको सडक विस्तार अभियान चैत्र महिनाभित्र सुरु हुने भएको छ । डिभिजन सडक कार्यालय हेटौंडा प्रमुख राजेश यादवले सडक विस्तारको कामले अब गति लिने बताएका छन् । यादवले आफूहरूले विस्तारको लागि लाग्ने खर्चको प्रस्ताव मन्त्रालयमा पेस गरिसकेको बताए । घर टहरा भत्काउनको लागि सरकारले खर्च...

गठबन्धन दललाई भाग पुर्याउन योजना आयोगमा सदस्य थपियो शुक्रबार, माघ ५, २०८० सरकारले राष्ट्रिय योजना आयोगमा सदस्य थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सदस्य थप गर्नेसम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित भइसकेको छ । योजना आयोगमा एक उपाध्यक्ष र एक महिलासहित ६ जना सदस्य रहने व्यवस्था थियो । तर मन्त्रिपरिषद्ले आयोगमा एक महिलासहित सात सदस्य रहने निर्णय गरेको छ ।









