मृत भेटिइन् सशस्त्रकी बक्सिङ खेलाडी गोसाइँबिहीबार, माघ ४, २०८०

भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण बिहीबार, माघ ४, २०८० आक्रमणमा अक्षरालाई चोट नलागेपनि एक प्रहरी घाइते भएका छन् । अक्षरा त्यहाँ एक शोरुमको उद्घाटन गर्न बुधबार दिउँसो पुग्ने कार्यक्रम थियो । तर मौसमका कारण उडान डिले भएपछि उनी बेलुकी मात्र पुगेकी थिइन् । सोहीकारण उनका फ्यान रिसाएका थिए । तर अक्षरा पुगेपछि भने सेल्फी लिने फ्यानको भीडले घेरेको थियो...

छोराको हत्या तथा छोरीमाथि बलात्कार गरेको आरोप लागेका बाबु पक्राउ बिहीबार, माघ ४, २०८० सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । उनलाई प्रहरीले बिहीबार बिहान कैलालीको लम्कीपुरबाट पक्राउ गरेको हो । पक्राउ गरेर उनलाई टीकापुर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।

इटहरीमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण बिहीबार, माघ ४, २०८० सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रूपान्तरण गरेको हो ।

२०५८ सालयता त्रिविमा मास्टर पढेकालाई थेसिस बुझाउने अन्तिम मौका बिहीबार, माघ ४, २०८० त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र मानविकी तथा समाजशास्त्र संकायले अन्तिम पटकका लागि मौका दिएको हो । स्नातकोत्तर तहको सैद्धान्तिक परीक्षा पास भएका तर, थेसिस बुझाउन बाँकी रहेका विद्यार्थीलाई अन्तिम एक पटक मौका दिएको हो । त्रिवि प्राज्ञिक परिषद्को पुस २५ गते बसेको...

आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा हल्का वर्षा, तराईमा हुस्सु बिहीबार, माघ ४, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।

१५ लाख घुससहित वडाध्यक्ष पक्राउ बुधबार, माघ ३, २०८० १५ लाख घुससहित अख्तियारको टोलीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख घुस लिएको आरोपमा बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो।

जन्मकैदको सजाय माफी दिने श्रीलङ्कन पूर्वराष्ट्रपतिको निर्णय अदालतले उल्ट्यायो बुधबार, माघ ३, २०८० सन् २०११ मा राजनीतिक प्रतिद्वन्द्वी भरत लक्ष्मण प्रेमचन्द्रको हत्यामा दोषी डुमिन्डा सिल्भालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।महिन्दा राजापाक्षेको राष्ट्रपतिको समयमा, दोषी डुमिन्डा सिल्भा र प्रेमचन्द्र कोलम्बोको उपनगर कोलोन्नावामा चुनावी प्रतिष्पर्धामा थिए । यसैक्रममा अदालतले दोषी ठहर गरेका प्रेमचन्द्रलाई सिल्भाले गोली हानेर हत्या गरेका थिए ।

सामाजिक सञ्जालमा गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने व्यक्ति पक्राउ बुधबार, माघ ३, २०८० लामिछानेलाई गौशाला २६ लाई बलात्कार गरेको आरोपमा अदालतले दोषी ठहर गर्दै ८ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।

विमानस्थलमा यात्रुमाथिको सास्ती तुरुन्त बन्द गर्नुहोस् : प्रधानमन्त्री बुधबार, माघ ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलका कर्मचारीले कागजपत्र नपुगेको नाउँमा सास्ती दिने कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

निलम्बित न्यायाधीश गिरीविरुद्धको रिट निवेदन हेर्न नभ्याइने सूचीमा, लागेको छ वैवाहिक बलात्कारको आरोप बुधबार, माघ ३, २०८० जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर रिट निवेदन बुधबार हेर्न नभ्याइने सूचीमा परेको छ । निवेदनमाथि न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम गुणस्तरीय छ ? बुधबार, माघ ३, २०८० मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको खानेपानी मन्त्रालयले दाबी गरेको छ । यही माघ १ गतेदेखि काठमाडौंमा पुन: वितरण सुरु भएको मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको खानेपानी मन्त्रालयले दाबी गरेको हो ।

नक्कली मदिरा बनाउने कारखानामा प्रहरीको छापा, गिरोह नै पक्राउ बुधबार, माघ ३, २०८० प्रहरीले काठमाडौंमा नक्कली मदिरा बनाई बेचबिखन गर्ने नौ जनालाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरूले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरेर बिक्री गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।









