
काठमाडौं— मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको खानेपानी मन्त्रालयले दाबी गरेको छ ।
यही माघ १ गतेदेखि काठमाडौंमा पुन: वितरण सुरु भएको मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको खानेपानी मन्त्रालयले दाबी गरेको हो ।
मन्त्रालयले मंगलबार साँझ सूचना जारी गर्दै मेलम्चीको पानी प्रशोधन गरेर शुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको उल्लेख छ ।
खानेपानी मन्त्रालयले मेलम्चीको पानीको गुणस्तरीयतामा शंका नगर्न उपभोक्तालाई आग्रहसमेत गरेको छ । गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारबाट मेलम्चीको पानी पुन: वितरण कार्यको शुभारम्भ गरेका थिए ।
मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने सरकारको लक्ष्य छ । खानेपानी मन्त्रालयले मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न उपभोक्तालाई आग्रह गरेको हो ।













