News Griha :: न्यूजगृह
छोराको हत्या तथा छोरीमाथि बलात्कार गरेको आरोप लागेका बाबु पक्राउ

काठमाडौं— सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । उनलाई प्रहरीले बिहीबार बिहान कैलालीको लम्कीपुरबाट पक्राउ गरेको हो । 

पक्राउ गरेर उनलाई टीकापुर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए । 

मङ्गलबार बिहान १ बजेतिर उनले बन्चरो प्रहार गरी छोराको हत्या गरेको भन्दै मृतकका भाइले बुवाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए । 

हत्यापछि आरोपी कैलालीमा पुगेको सूचनाका आधारमा प्रहरी टोली परिचालित भएको थियो ।  घटना भएको दिनदेखि नै सम्बन्धित नाकाहरूमा प्रहरीलाई खटाइसकिएको थियो । लम्कीपुरमा उनी आफन्तको घरमा बसिरहेका थिए । त्यहीँबाट उनी भारतर्फ जाने तयारी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको हो । 

-पक्राउ परेका व्यक्तिविरुद्ध छोरीमाथि बलात्कार गरेको अभियोग लागेकोले परिचय गोप्य राखिएको हो । सम्पादक  

यस सम्बन्धी समाचार पढ्न तलको लिङ्क क्लिक गर्नुहोस्।   

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:५१
Weather Update