News Griha :: न्यूजगृह
भंगहाबाट जयनगर जाँदै गरेको रेलभित्रै लडेर एक यात्रुको मृत्यु
भंगहाबाट जयनगर जाँदै गरेको रेलभित्रै लडेर एक यात्रुको मृत्यु उनका अनुसार आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीबाट चढेका थिए ।टीटी (रेल कण्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्र लडेर उनको मृत्यु भएको जानकारीमा आएको डीएसपी अवाले बताए । 
हाइड्रोजन ग्यास सिलिन्डर पड्‌किँदा झापामा दुई जना घाइते 
हाइड्रोजन ग्यास सिलिन्डर पड्‌किँदा झापामा दुई जना घाइते  मंगलबार बिहान सवा १० बजे बिर्तामोड नगरपालिका—७ राधाकृष्‍ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा हाइड्रोजन ग्यास सिलिन्डर पड्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।  
त्रिशूलीमा खसेको जीपका चालक सकुशल, सार्वजनिक गाडी चढेर नारायणगढतिर गएको आशंका
त्रिशूलीमा खसेको जीपका चालक सकुशल, सार्वजनिक गाडी चढेर नारायणगढतिर गएको आशंका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार गाडी दुर्घटनास्थलबाट निस्किएका एक जना सार्वजनिक गाडी चढेर नारायणगढतिर गएको ट्यांकर चालकले प्रहरीलाई जानकारी दिएका छन् ।
रुस–युक्रेन युद्धमा वाईसीएल नेताले ज्यान गुमाए
रुस–युक्रेन युद्धमा वाईसीएल नेताले ज्यान गुमाए रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताले ज्यान गुमाएका छन् । लमजुङका वाईसीएल नेता साजन गुरुङले केही हप्ताअघि रुस–युक्रेन युद्धमा ज्यान गुमाएका हुन् । लमजुङको दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारले जानकारी दिए । 
त्रिशूलीमा खसेको जीप निकालियो, मान्छे भेटिएनन् [अपडेट]
त्रिशूलीमा खसेको जीप निकालियो, मान्छे भेटिएनन् [अपडेट] मंगलबार बिहानै त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेका छन् । प्रहरीका अनुसार बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । त्यसपछि परिचालित गोताखोरको टोलीले नदीबाट जीप निकालेको छ । 
त्रिशूलीमा फेला पर्यो भारतीय नम्बर प्लेटको गाडी
त्रिशूलीमा फेला पर्यो भारतीय नम्बर प्लेटको गाडी नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो । तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुलेको थिएन । 
त्रिशूलीमा ‘गाडी खसेको’ सूचना, गोताखोर परिचालन
त्रिशूलीमा ‘गाडी खसेको’ सूचना, गोताखोर परिचालन नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ । अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ ।
आज भूकम्प सुरक्षा दिवस मनाइँदै, पूर्वतयारीको अवस्था उस्तै
आज भूकम्प सुरक्षा दिवस मनाइँदै, पूर्वतयारीको अवस्था उस्तै यसैगरी २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पमा परी आठ हजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो। वरिष्ठ भूकम्पविद् अधिकारीले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय  जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गरे।
बालबालिका र वृद्धवृद्धालाई निमोनियाबाट कसरी जोगाउने ?
बालबालिका र वृद्धवृद्धालाई निमोनियाबाट कसरी जोगाउने ? कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई यो मौसममा फोक्सोको सङ्क्रमणका कारण निमोनियाको जोखिम हुन्छ । निमोनियासँगै श्वासप्रश्वाससम्बन्धी अन्य रोगले पनि शरीरमा चाँडै आक्रमण गर्छ । यस्तो अवस्थामा बर्सेनि जाडोयाममा अस्पतालमा निमोनिया र श्वासप्रश्वासका बिरामीको चाप बढेको हुन्छ ।
पहाडी भूभागमा वर्षाको सम्भावना
पहाडी भूभागमा वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका अतिरिक्त बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
टुँडिखेल अपडेट : भागदौडमा घाइते हुने १६ पुगे
टुँडिखेल अपडेट : भागदौडमा घाइते हुने १६ पुगे माघेसङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । 
टुँडिखेल अपडेटः भीडमा च्यापिएर घाइते हुने प्रहरीसहित ११ जना पुगे, सबैको परिचय खुल्यो
टुँडिखेल अपडेटः भीडमा च्यापिएर घाइते हुने प्रहरीसहित ११ जना पुगे, सबैको परिचय खुल्यो काठमाडौंको टुँडिखेलमा आज थारू र मगर समुदायको माघी मेलाका क्रममा भीडभाडमा च्यापिएर घाइते हुनेमा ११ जना पुगेका छन् । जसमा १ प्रहरी पनि घाइते छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेमा वर्ष १२ की त्रिसणा मगर, वर्ष १२ कै अञ्जना  तामाङ, वर्ष १९ की रेजिना घले, वर्ष १६...
Weather Update