News Griha :: न्यूजगृह
हाइड्रोजन ग्यास सिलिन्डर पड्‌किँदा झापामा दुई जना घाइते 

काठमाडौं— झापामा रहेको एक विद्यालयमा हाइड्रोजन ग्यास सिलिन्डर पड्‌किँदा दुई जना घाइते भएका छन् । 

मंगलबार बिहान सवा १० बजे बिर्तामोड नगरपालिका—७ राधाकृष्‍ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा हाइड्रोजन ग्यास सिलिन्डर पड्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।  
उनकाअनुसार ग्यास सिलिन्डर पड्कँदा दुई जना घाइते छन् । स्कुलमा खेलकुद दिवसका अवसरमा कार्यक्रम थियो। त्यसका लागि बेलुन फुलाउन एउटा हाइड्रोजन ग्यास सिलिन्डर ल्याइएको थियो । 

बेलुन फुलाउने क्रममा एक्कासि सिलिन्डर पड्किएको प्रहरी निरीक्षक गिरीले बताए । सिलिन्डर पड्किएर भारतीय नागरिक ५४ वर्षीय गणेश सहनी गम्भीर घाइते छन् । उनको दाहिने खुट्टाको भाग चुँडिएको छ । उनको उपचारको लागि बीएण्डसी अस्पताल लगिएको छ ।   
सिलिन्डर पड्कँदाको ठूलो आवाजले गर्दा कक्षा ९ मा पढ्ने बिर्तामोड–७ की १५ वर्षीय कुसुम तामाङको कानमा समस्या आएको छ। उनको पनि बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ।  

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १२:३५
Weather Update