News Griha :: न्यूजगृह
आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना
आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ 
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ  प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोको टोलीले दुई जना नाबालिकाको उद्धार पनि गरेको छ । ती महिलालाई ब्युरोले माघ ८ गते जडिबुटीबाट पक्राउ गरेको हो । उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको छ । 
भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ?, चाहिन्छन् यी कागजात
भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ?, चाहिन्छन् यी कागजात अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका बुधबारदेखि चाहिने कागजातका विवरण सार्वजनिक गरेको छ । मंगलबार विभागले आफ्नो वेबसाइटमार्फत यात्रा परामर्श जारी गर्दै ६ बुँदमा आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको हो ।
सामाजिक सञ्जालको गुनासो अनलाइनबाटै
सामाजिक सञ्जालको गुनासो अनलाइनबाटै सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।
रवि लामिछानेविरुद्ध युवराज सफलले दिए संसदीय समिति र सभामुखसमक्ष उजुरी
रवि लामिछानेविरुद्ध युवराज सफलले दिए संसदीय समिति र सभामुखसमक्ष उजुरी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी पुगेको छ ।सिन्धुलीका युवराज सफलले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष छानबिनको माग गर्दै मंगलबार उजुरी दिएका हुन् ।
चीनको युनानमा पहिरोमा पुरिएर कम्तिमा ८ जनाको मृत्यु, ३९ जना बेपत्ता
चीनको युनानमा पहिरोमा पुरिएर कम्तिमा ८ जनाको मृत्यु, ३९ जना बेपत्ता सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङ समय अनुसार सोमबार बिहान ५ बजेर ५१ मिनेटमा झाओटोङ सहरको लियाङसुई गाउँमा दुर्घटना भएको हो । पहिरोमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३९ जना बेपत्ता भएका छन् । 
२ महिना युद्ध रोक्न इजरायलको प्रस्ताव
२ महिना युद्ध रोक्न इजरायलको प्रस्ताव इजरायल र हमासबीच जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको थालेको छ । इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनिएको छ । मध्यस्थको भूमिका खेल्ने इजिप्ट र कतारमार्फत यो प्रस्ताव पठाइएको इजरायलको रक्षा विभागसँग सम्बद्ध अधिकारीले जानकारी दिएका छन् ।
क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ३५ प्रतिशतले घटाउने, नेपाली विद्यार्थीलाई ठूलो असर पर्ने
क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ३५ प्रतिशतले घटाउने, नेपाली विद्यार्थीलाई ठूलो असर पर्ने क्यानडा सरकारले नयाँ विद्यार्थी भिसा घोषणा गरेको छ । यसअन्तर्गत विद्यार्थी भिसा ३५ प्रतिशतले घटाइएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनलाई रोक्न र संस्थागत कमजोरीलाई सम्बोधन गर्ने प्रयासमा, अध्यागमन मन्त्री मार्क मिलरले आगामी दुई वर्षमा दिइने विद्यार्थी भिसाको सङ्ख्यामा सीमा तोकेको बताइएको छ । 
चैत १५ गतेदेखि हुने एसईईको तालिका सार्वजनिक
चैत १५ गतेदेखि हुने एसईईको तालिका सार्वजनिक यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले  एसईईको तालिका सार्वजनिक गरेको छ। परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । 
तराईमा हुस्सु/कुहिरो, पहाड र हिमाली भूभागका केही ठाउँमा हिमपात
तराईमा हुस्सु/कुहिरो, पहाड र हिमाली भूभागका केही ठाउँमा हिमपात देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताइको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको...
आजदेखि न्यूरोड क्षेत्रको सडकमा पार्किङ निषेध
आजदेखि न्यूरोड क्षेत्रको सडकमा पार्किङ निषेध महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए ।
न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ निषेध
न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ निषेध महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार मङ्गलबारदेखि न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरिने भएको हो । उक्त क्षेत्रको विकल्पमा काठमाडौंमा टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने उनले बताए । 
Weather Update