News Griha :: न्यूजगृह
३ असईसहित २४ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं— प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गर्दै ३ जना प्रहरी सहायक निरीक्षक (असई), ३ जना प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा  बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ । 

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ ।

police-samparkabihin-1706056526.jpg

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ०६:५०
Weather Update