प्रहरी जवानले कुटे विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतशुक्रबार, माघ १२, २०८०

२ अर्ब बढी रकम अपचलन गरेको आरोपमा इमेज सहकारीका कोषाध्यक्ष पक्राउ, ढोरपाटनका मेयर अझै फरार शुक्रबार, माघ १२, २०८० इमेज बचत तथा सहकारी संस्थाकी कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको निसिखोला गाउँपालिका ३ बस्ने २७ वर्षीया लक्ष्मी सेन सुनार छिन् । उनलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

मानसिक अवस्था ठिक नभएकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ शुक्रबार, माघ १२, २०८० मानसिक सन्तुलन गुमाएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मोरङको केराबारीकी ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का २७ वर्षीय कूलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।
थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ शुक्रबार, माघ १२, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरबल यादवलाई पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो ।

धादिङमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किए, ६ जना घाइते शुक्रबार, माघ १२, २०८० दुर्घटनामा तीन वटै मोटरसाइकलका चालक र पछाडि बसेकाहरू घाइते छन् । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सन्तुलाल जैसवालका अनुसार दुर्घटनामा ६२०१ नम्बरको मोटरसाइकलका चालक काठमाडौंको टोखा नगरपालिका–२ का २८ वर्षीय विजय डंगोल र पछाडि सवार ४६ वर्षीय मिना डंगोल घाइते छन् ।

टिपरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु शुक्रबार, माघ १२, २०८० बिहीबार राति ९ बजेर २० मिनेटमा बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल ठक्कर दिँदा चालक सिन्धुपाल्चोकको बलेफी–५ का ४३ वर्षीय उद्धवप्रसाद नेपालको मृत्यु भएको हो ।

७ हजार रुपैयाँ घुससहित बाँकेका सहायक वन अधिकृत पक्राउ शुक्रबार, माघ १२, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सव डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई ७ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

काठमाडौंमा आज यस वर्षकै धेरै चिसो महसुस शुक्रबार, माघ १२, २०८० काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । जुन यो वर्षको...

धारिलो हतियार प्रहार गरी म्याग्दीमा २२ वर्षीय युवकको हत्या शुक्रबार, माघ १२, २०८० बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।

काठमाडौंका यी स्थानमा आउने छैन आज विजुली शुक्रबार, माघ १२, २०८० काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराइसकेको छ ।

कस्तो रहनेछ आजको मौसम ? शुक्रबार, माघ १२, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे घोटालाः पौडेलद्वयलाई ७ दिन हिरासतमै राखिने बिहीबार, माघ ११, २०८० विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका व्यक्तिविरुद्ध म्याद थप गर्दा सामान्यतया बहस गर्ने प्रचलन नभएपनि पौडेलद्वयका अधिवक्ताले हिरासत भन्दा बाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका थिए ।

क्यानडा पठाइदिने भनी अन्तर्वार्ता लिइरहेका बेला ६ जना पक्राउ बिहीबार, माघ ११, २०८० क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिइरहेको अवस्थामा पोखराबाट भारतीय मूलका क्यानडेली नागरिकसहितको ‘गिरोह’लाई नै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।









