काठमाडौंबाट १७ जना जुवाडे पक्राउआइतबार, माघ १४, २०८०

काठमाडौं उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै चिसो आइतबार, माघ १४, २०८० मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस देखिएको हो । ‘उपत्यकाका लागि यो तापक्रम यो वर्षको अहिलेसम्मकै कम तापक्रम हो’, उनले भने । यसअघि शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्रीसम्म झरेको थियो। आज त्यसभन्दा पनि तल गएको हो ।

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग आइतबार, माघ १४, २०८० नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

पूर्वी पहाडमा हिमपात, पाथीभरा क्षेत्र सुनसान आइतबार, माघ १४, २०८० शुक्रबार साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए । पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो । हिमपातका कारण पाथिभरा क्षेत्र सुनसान छ...

चार प्रदेशमा हिमपातको सम्भावना आइतबार, माघ १४, २०८० नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । आज देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको र देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी राईविरुद्ध इन्टरपोलले जारी गर्यो डिफ्युजन नोटिस आइतबार, माघ १४, २०८० ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका राईविरुद्ध विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।अहिले यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ । उजुरी परेका सबै जिल्लाबाट फाइल मगाएर सीआईबीले अनुसन्धान थालेको हो ।

विमानस्थलमा यात्रु जाँच पनि सशस्त्रबाट हुनुपर्ने माग शनिबार, माघ १३, २०८० शुक्रबार अपराह्न १२ बजेतिर विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतमाथि कुटपिट गरेको घटना बाहिरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियन गरी तीनवटा एकाइ समितिले संयुक्त विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बिहे गर्न वडाको सिफारिस अनिवार्य शनिबार, माघ १३, २०८० वैशाखयता पाँचजना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन् । विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने हुन्छ । यो वडाको सुडीगाउँमा दुईवटा र घोडेगाउँमा एउटा बालविवाह रोक्ने काम भएको वडाध्यक्ष रोकाएले जानकारी दिए।

भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने शनिबार, माघ १३, २०८० धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ ।काठमाडौं महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो ।

कटन क्यान्डी बिक्रीवितरण गरे पाँच हजारदेखि दुई लाखसम्म जरिवाना शनिबार, माघ १३, २०८० शनिबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा नमूना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा क्यान्डीमा अखाद्य रङ ’रोडामाइन बी’ पाइएको भन्दै महानगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो ।

चार्ल्स तृतीय अस्पताल भर्ना शनिबार, माघ १३, २०८० प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा चार्ल्स लाई शुक्रबार भर्ना गरिएको बकिङ्घम प्यालेसले जनाएको छ । उक्त निजी क्लिनकमा वेल्सी राजकुमारीको पनि यसअघि शल्यक्रिया गरिएको थियो ।

काठमाडौंको तापक्रम २.९ डिग्री सेल्सियस मापन शनिबार, माघ १३, २०८० काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारीलाई कुटेको बारेमा छानबिन गर्न समिति गठन शुक्रबार, माघ १२, २०८० त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेको बारेमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको बताएका छन् ।









