अमेरिकी राष्ट्रपति चुनाव: रिपब्लिकनबाट उम्मेदवार बन्न प्रतिस्पर्धामंगलबार, माघ १६, २०८०

मिटरब्याज पीडितलाई न्याय दिलाउन नसकेको भन्दै सिरहाका प्रजिअ र एसपीलाई जिम्मेवारीबाट हटाइयो मंगलबार, माघ १६, २०८० छलफलमा सहभागी कल्याणपुरका अमर यादव लगायतले साहु सूर्यकुमार यादवमाथि हातपात गरेका थिए । त्यसपछि प्रशासनले पीडितलाई नै थुनेर मिटरब्याजको मुद्दामा छलफल गराउन सकेको थिएन । पीडितलाई न्याय दिनुको सट्टा साहुको पक्षपोषण गरेको भन्दै उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो ।

आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै मंगलबार, माघ १६, २०८० इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका सपूतहरूको सम्मानमा माघ १६ गते विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदहरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी दिवस मनाउने कार्यक्रम जारी छ...

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना मंगलबार, माघ १६, २०८० तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ।

सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने, खाजा समय दिउँसो १:३० देखि २ बजेसम्म मंगलबार, माघ १६, २०८० सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।

२ थान सुनको रिङ लुट्न ६२ वर्षीया वृद्धाको हत्या सोमबार, माघ १५, २०८० उनले कानमा लगाएको सुनको गहना लुट्नका लागि हत्या भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको हो । प्रहरीका अनुसार घटनास्थलदेखि १५० मिटर टाढाको झाडीमा रगत लागेको बन्चरो र मृतकले प्रयोग गर्ने मोबाइल तथा मृतकले पैसा राख्न प्रयोग गरेको थैली भेटिएको थियो ।

छायाँनाथ राराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, माघ १५, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
-1706522701.jpg)
‘रेडिओ नेपाल र नेपाल टेलिभिजन मर्ज गरौँ’ सोमबार, माघ १५, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडिओ नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्नुपर्ने दोहोर्याएकी छन् । उनले रेडिओ र टीभी लोकतान्त्रिक मूल्य, मान्यता र मर्मलाई आत्मसाथ गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी सञ्चारमाध्यमका रुपमा सञ्चालन गर्नुपर्ने पनि बताइन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंबीच भेट, के भयो कुराकानी? सोमबार, माघ १५, २०८० प्रसाईंले सोमबार बिहान बाराको सिमरामा भेटवार्ता गरेका हुन् । सोमबार शाहसँग बसेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले भेटवार्तालाई अर्थपूर्ण भनेका छन् । प्रसाईंले भ्रष्टाचार, बेथिति लगायतको देशको समग्र विषयमा पूर्वराजासँग छलफल भएको बताए ।

ललितपुरमा मृत भेटिइन् जर्मन नागरिक सोमबार, माघ १५, २०८० सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।

दक्षिण सुडानमा शान्ति मिसनको क्याम्पमा हतियारधारी समूहको आक्रमण, नेपाली सैनिक सकुशल सोमबार, माघ १५, २०८० साम्प्रदायिक दंगा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । ‘आक्रमणमा घानाको एक सदस्यको मृत्यु भएको जानकारीमा आएको छ । हाम्रो टोली भने सुरक्षित छ,’ प्रवक्ता भण्डारीले भने ।

इरानले गर्यो तीन उपग्रहको अन्तरिक्षमा सफल परिक्षण, पश्चिमा देशहरू सशंकित सोमबार, माघ १५, २०८० अमेरिकाले यसअघि इरानको स्याटलाइट प्रक्षेपणले आणविक हतियार पुर्याउन सक्ने ब्यालेस्टिक मिसाइलसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आह्वान गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको बताएको थियो । इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमसँग सम्बन्धित राष्ट्रसङ्घले लगाएको प्रतिबन्ध गत अक्टोबरमा सकिएको थियो ।

विवाद मिलाउन गएका प्रहरीमाथि नै आक्रमण, दुई जना घाइते सोमबार, माघ १५, २०८० त्यही विवादबारे बुझ्न प्रहरी पुगेको थियो । विवादमा आक्रोशित स्थानीयले उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए । कसले कसरी आक्रमण गरेको भन्नेबारे खुलेको छैन । घाइतेहरूलाई उपचारका लागि राति नै जिल्ला अस्पताल ल्याइएको र त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।









