News Griha :: न्यूजगृह
पश्चिमी वायुको असर, यी भागमा आज हल्का वर्षादेखि हिमपात
पश्चिमी वायुको असर, यी भागमा आज हल्का वर्षादेखि हिमपात लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली छ । मध्य तथा पूर्वी  तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
विमानस्थल कुटपिट प्रकरण : असईलाई निलम्बन र अध्यागमन अधिकृतलाई विभागीय कारबाही सिफारिस
विमानस्थल कुटपिट प्रकरण : असईलाई निलम्बन र अध्यागमन अधिकृतलाई विभागीय कारबाही सिफारिस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको कुटपिट प्रकरणमा छानबिन समितिले प्रतिवेदन बुझाएको छ । 
न्यायाधीश गिरीविरुद्धको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश
न्यायाधीश गिरीविरुद्धको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधबार मिसिल झिकाउने आदेश गरेको हो । रूपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो ।
जन्ती बोकेको बसले ठक्कर दिँदा पूर्वमन्त्री पौडेलको निधन
जन्ती बोकेको बसले ठक्कर दिँदा पूर्वमन्त्री पौडेलको निधन बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । नवलपरासीको गैँडाकोट नगरपालिका– ५ कालीगण्डकी चोकमा बुधबार भएको दुर्घटनामा परी उनको निधन भएको हो । 
कोशी नदीमा हामफालेका वृद्धको सकुशल उद्धार   
कोशी नदीमा हामफालेका वृद्धको सकुशल उद्धार    सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित कोशी नदीमा हामफालेका वृद्धको बुधबार सकुशल उद्धार गरिएको हो । ६० वर्षीय वृद्ध कोशी नदीमा हाम फालेको जानकारी पाएपछि प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । 
१२ कक्षामा पढ्ने विद्यार्थीले गरे त्रिवि पनिकाको वेबसाइट ह्याक 
१२ कक्षामा पढ्ने विद्यार्थीले गरे त्रिवि पनिकाको वेबसाइट ह्याक  मंगलबार राति ह्याक भएको साइट रिडाइरेक्ट भएर रोकायाको फेसबुक अकाउन्टमा पुगेको थियो । साइट ह्याक भएको केही समयपछि उक्त फेसबुक अकाउन्टबाट ह्याक भएकोबारे सूचना दिइएको थियो ।
सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका अमिन ढकालविरुद्ध मुद्दा दायर  
सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका अमिन ढकालविरुद्ध मुद्दा दायर   अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सेवाग्राहीसँग जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनार्थ ४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ढकाललाई पक्राउ गरेको थियो । 
हेलम्बुमा जीप दुर्घटना, २ भुटानी नागरिकको मृत्यु
हेलम्बुमा जीप दुर्घटना, २ भुटानी नागरिकको मृत्यु हेलम्बुको वडा नम्बर १ मा रहेको दोरिङ भीरमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये चार जना भुटानी र एक नेपाली रहेको प्रहरीले जनाएको छ । भुटान बाट घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको जीप दुर्घटना भएको हो ।
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई भोजपुरबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा षडानन्द नगरपालिका–८ सेमिङ बस्ने ५६ वर्षीय चुडाबहादुर कार्की छन् । 
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भक्तपुरमा रोकिएको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटका २४ वर्षीय समन भुजेल छन् । गाडीमा ठोक्किएर सख्त घाइते भएका उनको मध्यपुर थिमी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल टेलिभिजनले जननी हुनुको गौरव जोगाएको छ : प्रधानमन्त्री दाहाल
नेपाल टेलिभिजनले जननी हुनुको गौरव जोगाएको छ : प्रधानमन्त्री दाहाल बुधबार देशकै पहिलो टेलिभिजन नेपाल टेलिभिजनको स्थापना दिवसको अवसरमा दाहालले शुभकामना व्यक्त गर्दै टेलिभिजनले आफ्नो स्थापनाको गौरवलाई जोगाउन सफल भएको बताए । उनले टेलिभिजनले आफूलाई सूचना तथा सञ्चार क्षेत्रमा आएको परिवर्तनअनुसार समयानुकूल परिमार्जित र प्रविधिमैत्री बनाउँदै लैजान पर्नेमा जोड दिए । 
रुसी शक्तिशाली लडाकु विमान क्षतिग्रस्त
रुसी शक्तिशाली लडाकु विमान क्षतिग्रस्त जुलाई २०२३ मा युक्रेनले रुसको किन्जल हाइपरसोनिक मिसाइल खसालेको दाबी गरेको थियो । युक्रेनी वायुसेनाका अनुसार उनीहरूले रुसको अत्याधुनिक हाइपरसोनिक मिसाइल ‘किन्झाल’लाई अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टमसँग नष्ट गरेको थियो । 
Weather Update