News Griha :: न्यूजगृह
सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका अमिन ढकालविरुद्ध मुद्दा दायर  

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सेवाग्राहीसँग जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनार्थ ४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ढकाललाई पक्राउ गरेको थियो । 

उनी गत पुस ११ गते पक्राउ परेका हुन् ।

 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:३२
Weather Update