कोशी नदीमा हामफालेका वृद्धको सकुशल उद्धार
विराटनगर— कोशी नदीमा हामफालेका एकजना वृद्धको प्रहरीले सकुशल उद्धार गरेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित कोशी नदीमा हामफालेका वृद्धको बुधबार सकुशल उद्धार गरिएको हो । ६० वर्षीय वृद्ध कोशी नदीमा हाम फालेको जानकारी पाएपछि प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले उनलाई स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको हो । उद्धार गरिएका पुरुषलाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० १७:०३