१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

काठमाडौं— जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई भोजपुरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा षडानन्द नगरपालिका–८ सेमिङ बस्ने ५६ वर्षीय चुडाबहादुर कार्की छन् ।
सोही नगरपालिका–८ आहाले कुलोको बन्मारा घारीमा लगेर १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप उनीमाथि छ ।
पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० १३:२२













