News Griha :: न्यूजगृह
जन्ती बोकेको बसले ठक्कर दिँदा पूर्वमन्त्री पौडेलको निधन

काठमाडौं— बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । नवलपरासीको गैँडाकोट नगरपालिका– ५ कालीगण्डकी चोकमा बुधबार भएको दुर्घटनामा परी उनको निधन भएको हो । 

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग १ ख ८५४७ नं को जन्ती बोकेको बसले ठक्कर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो । उनी मोटरसाइलकमा सवार थिए । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो । चितवनको भरतपुर महानगरपालिका– १७ बनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १७:१३
Weather Update