News Griha :: न्यूजगृह
सीआईबीले ३ महिनादेखि गरिरहेको थियो बाँसबारी जग्गा प्रकरणको अनुसन्धान
सीआईबीले ३ महिनादेखि गरिरहेको थियो बाँसबारी जग्गा प्रकरणको अनुसन्धान बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सीको नाममा नामसारी भएको सूचना पाएपछि सीआईबीले प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीको नेतृत्वमा ३ सदस्यीय टोलीले अनुसन्धान गरेर प्रमाण संकलन गरेको सीआईबीकी निर्देशक किरण बज्राचार्यले जानकारी दिइन् । उक्त टोलीले मालपोत कार्यालयमा पुगेर प्रमाणहरु संकलन गर्नुका साथै स्थानीय बासिन्दासँग पनि कुराकानी गरेको थियो...
युरोप पठाइदिन्छु भन्दै ६ सय जनाबाट करोडौं रकम ठगी गर्ने पक्राउ
युरोप पठाइदिन्छु भन्दै ६ सय जनाबाट करोडौं रकम ठगी गर्ने पक्राउ युरोप पठाउने प्रलोभन देखाई ६ सयभन्दा धेरै जनाबाट करोडौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण पक्राउ
बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण पक्राउ विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउपछि सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ । थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको सीआईबी स्रोतले जानकारी दियो । बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यसअघि अरुण चौधरीलाई पक्राउ गरेर आफ्नो कार्यालयमा पुर्‍याएको थियो...
व्यवसायी अरुण चौधरी पक्राउ
व्यवसायी अरुण चौधरी पक्राउ व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । उनी नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीका भाइ हुन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले...
योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त
योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकर लाई योजना आयोगको सदस्य नियुक्त गरेको हो । बैठकले उद्योगमन्त्रीको नेतृत्वमा राष्ट्रिय व्यापार सहजीकरण समिति बनाएको छ भने वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ ।
बैंकक उड्न लागेका यात्रुको पैसा चोरेको आरोपमा विमानस्थलबाट लोडर पक्राउ
बैंकक उड्न लागेका यात्रुको पैसा चोरेको आरोपमा विमानस्थलबाट लोडर पक्राउ उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । याङ्गहाङले आफ्नो थाइ भाट चोरी भएको निवेदन दिए पश्चात सीसीटिभी समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देवबहादुरको गतिविधि शंकास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाइ भाट चोरी गरेको खुल्न आएको हो ।
हिमपात भएपछि किसान खुसी
हिमपात भएपछि किसान खुसी कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरूमा बिहीबार हिमपात भएको छ । मुगु, हुम्ला, जुम्ला र डोल्पा लगायत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको हो । लामो प्रतीक्षापछि हिमपात भएकाले अब बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् ।
विश्वव्यापिकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको छ : प्रधानमन्त्री दाहाल
विश्वव्यापिकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापिकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको बताएका छन् । उनले यस्तो बेला नेपालका विश्वविद्यालयहरू भने आर्थिक र भौतिक अभाव झेलिरहेको बारेसमेत आफू जानकार रहेको बताए । राजर्षि जनक विश्वविद्यालयको ७ औँ सभामा प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक अवस्थामा सुधार आउने बित्तिकै विश्वविद्यालयहरूको पूर्वाधार सुधारका लागि प्राथमिकताका साथ...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु मोरङको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । ग्रामथान र बुढीगंगा गाउँपालिकामा भएका दुर्घटनामा बुधबार साँझ दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
सर्लाहीमा २१ वर्षीया महिला घरमै मृत फेला, सासु पक्राउ, पति र ससुरा फरार 
सर्लाहीमा २१ वर्षीया महिला घरमै मृत फेला, सासु पक्राउ, पति र ससुरा फरार  सर्लाहीको बलरामा एक महिला घरमै मृत फेला परेकी छन् । मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छन् । मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले जानकारी दिए ।
पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा पानी पर्ने सम्भावना कति?
पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा पानी पर्ने सम्भावना कति? पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । त्यसको प्रभावले सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भइरहेको हो ।
भ्रष्टाचारको आरोपमा झारखण्डका मुख्यमन्त्री पक्राउ
भ्रष्टाचारको आरोपमा झारखण्डका मुख्यमन्त्री पक्राउ जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोपमा भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन् । आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्दै झारखण्ड मुक्ति मोर्चा पार्टीबाट मुख्यमन्त्री बनेको सोरेनलाई केन्द्र सरकार मातहत रहेको प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेलगत्तै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । 
Weather Update